आयोजनाको विवरण
विश्व बैंकको वित्तिय सहयोगमा रानी जमरा कुलरिया सिंचाई आयोजना¸ कृषि कार्यक्रम कार्यान्वयन इकाई¸ कैलाली जिल्लाको टिकापुर नगरपालिका, लम्किचुहा नगरपालिकाका (३¸ ५ र ७ वडाका केही गाउँ) र जानकि गाउँपालिकामा यो आयोजनाको कार्यक्षेत्र १४०० हेक्टर रहेको छ । यो आयोजना पहिलो चरण सन् २०११ देखि २०१८ सम्म सम्पन्न भई दोस्रो चरण २०१८ देखि २०२३ सम्म संचालनमा रहनेछ । हाल आयोजना दोस्रो चरणको दोस्रो वर्ष संचालनमा रहेको छ ।
यस आयोजनाको प्रमुख कृषि कार्यक्रमहरु व्यवसायिक केरा खेती¸ ब्लक उत्पादन प्रदर्शन (तरकारी¸ खाद्यान्नवाली र फलफूल)¸ वीउ उत्पादन कार्यक्रम (धान¸ गहुँ¸ आलु)¸ मागमा आधारित कार्यक्रम¸ पशु उत्पादन कार्यक्रम¸ माटो व्यवस्थापन¸ वाली संरक्षण तथा वीउ उपचार¸ कृषि औजार/उपकरण अनुदान कार्यक्रम¸ स्थलगत कृषक तालिम¸ पोलि हाउस¸ एग्री नेट तथा उच्च मूल्य कृषि वस्तु उत्पादनका लागि ग्रीन हाउस निर्माण कार्यक्रम¸ वीउ भण्डारण घर निर्माण¸केरा पकाउने च्याम्बर निर्माण कार्यक्रम¸ चिस्यान घर (Cold store) निर्माण कार्यक्रम र केराको चिप्स बनाउने उद्योग स्थापना रहेका छन् र भविष्यमा मूल्य श्रृखलामा सकारात्म प्रभाव ल्याउनको लागि कृषि उपजको उत्पादनोपरान्त क्षति न्यूनिकरण र बजारीकरणमा सहजताको लागि सहयोगी विभिन्न क्रियाकलापहरु जस्तै शितघर निर्माणमा सहयोग जस्ता कार्यक्रम रहने छन।
रानी जमरा कुलरिया सिंचाई प्रणाली कृषकबाट निर्माण गरी कृषकहरुद्वारा व्यवस्थापन समेत गरिएको नेपालको सबैभन्दा ठूलो सिंचाई प्रणाली हो । यस प्रणालीको पानीको श्रोत कर्णाली नदी रहेको छ । कृषक निर्मित्त यस प्रणालीले कैलाली जिल्लाको करिव ११००० हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउदै आएको देखिन्छ । यस रानी जमरा कुलरिया सिंचाई प्रणाली अन्तरगत ३ वटा सिंचाई कुलाहरु रानी, जमरा र कुलरिया कुलो समावेश गरी नामाकरण भएको छ ।यस प्रणालीके दक्षिणी भागमा सिंचाई गर्न रानी कुलो, मध्य मागमा जमरा कुलो र उत्तरी भागमा सिंचाई गर्न कुलरिया कुलो व्यवस्था भएको देखिन्छ । यी कुलाहरुको व्यवस्थापन गर्न आ- आफ्नो प्रणालीको जल उपभोक्ता संस्था (कुलो संस्था) रहेको र यी तिनै प्रणालीको संयुक्त व्यवस्थापन तथा समन्वयको लागी रानी जमरा कुलरिया जल उपभोक्ता संस्था (मूल समिति) रहेको छ । प्राप्त तथ्याङ्कको आधारमा रानी जमरा तथा कुलरिया सिंचाई कुलाहरुको हालको सिंचित क्षेत्र क्रमश : ४२२८ हेक्टर, ४१३३ हेक्टर र २६०३ हेक्टर गरी कुल १०९६४ हेक्टर रहेको देखिन्छ ।
रानी जमरा कुलरिया सिंचाई आयोजना मूलत : कैलाली जिल्लाको कर्णाली नदीबाट भै रहेको परम्परागत सिंचाई प्रणालीमा सुधार गरी सिंचाई सुविधा विस्तार गर्ने उद्देश्यले विश्व बैंकके सहयोगमा सिंचालित आयोजना हो ।
२. आयोजनाका आयामहरु
आयाम–१: सिंचाई पुर्वाधारहरुको आधुनिकिकरण
यस आयाम अन्तर्गत कर्णाली नदिमा वाँध वनाउने, परम्परा देखि निर्माण भई संचालनमा रहेका परम्परागत सिंचाई कुलोहरु, तिनका शाखाहरुको निर्माण तथा सुधार गर्ने र सिंचाईसँग सम्वन्धित अन्य पूर्वाधारहरुको निर्माण कार्यहरु पर्दछन् ।
आयाम–२ (क): जल उपभोक्ता समितिको सुदृढिकरण
यस आयाम अन्तर्गत जलउपभोक्ता समितिकाहरुको क्षमता अभिबृद्धि गरि संचालित कुलोहरुको ब्यवस्थापन, संचालन र पानीको वाँडफाँड लगाएतका विषयहरुमा उनिहरुलाई सक्षम वनाउने लक्ष्य रहेको छ ।
आयाम–२ (ख): कृषि उत्पादन सहयोग
यस आयाम अन्तर्गत कृषि वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वढाउने, उपलब्ध सिंचाई र उपयुक्त जमिनको सहि प्रयोग गर्न उत्पादन प्रर्दशन, कृषकपाठशाला, बीजबृद्धि कार्यक्रमहरु, ब्यवसायिक तरकारी तथा फलफुल विकास कार्यक्रमहरु लगाएत उत्पादन पश्चात्का कार्यहरु र उत्पादित कृषि वस्तुहरुको वजारिकरणमा सहयोग पु¥याउने कार्यक्रमहरु संचालनमा रहेका छन् ।
आयाम–३: आयोजना ब्यवस्थापन
यस आयाम अन्तर्गत आयोजानाको प्रभावकारी कार्यान्वयन, समन्वय, अनुगमन, मुल्यांकन तथा आयोजनाको अशर अध्ययन जस्ता कार्यहरु प्रर्दछन् ।
३.आयाम–२: (कृषि उत्पादन सहयोग)का उदेश्यहरुः
यस आयोजनाको कृषि उत्पादन सहयोग आयाम अन्तर्गत निम्न उल्लेखित उदेश्यहरु रहेका छन् ।
४. आयाम २ (कृषि उत्पादन सहयोग)को अपेक्षित प्रतिफलहरुः