प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व चतुर्थी - ४

हाम्रो मिशन

None

आयाम-१: सिंचाई पुर्वाधारहरुको आधुनिकिकरणः यस आयम अन्तर्गत सिंचाई कुलोहरु, तिनका शाखाहरुको निर्माण तथा सुधार गर्ने र सिंचाईसँग सम्वन्धित अन्य पूर्वाधारहरुको निर्माण कार्यहरु पर्दछन् । आयाम-२: यस आयाम अन्तर्गत नदी किनारको संरक्षण, भू- संरक्षण, वृक्षारोपण, दिगो जल भण्डारणका उपायहरु, मौसमी सिंचाईको दिगो व्यवस्थापनजस्ता कार्यक्रमहरु पर्दछन्। आयाम-३: कृषि उत्पादन सहयोगः यस आयम अन्तर्गत कृषि वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वढाउने, उपलब्ध सिंचाई र उपयूक्त जमिनको सहि प्रयोग गर्न उत्पादन प्रर्दशन, कृषकपाठशाला, बीजबृद्धि कार्यक्रमहरु, ब्यवसायिक तरकारी तथा फलफुल विकास कार्यक्रमहरु लगाएत उत्पादन पश्चातका कार्यहरु र उत्पादित कृषि वस्तुहरुको वजारिकरणमा सहयोग पुर्‍याउने साथै कृषकहरुको क्षमता विकासका कार्यक्रमहरु संचालनमा रहेका छन्। आयाम-४: जल उपभोक्ता समितिको सुदृढिकरणः यस आयम अन्तर्गत जलउपभोक्ता समितिकाहरुको क्षमता अभिबृद्धि गरि संचालित कुलोहरुको ब्यवस्थापन, संचालन र पानीको बाँडफाँड लगाएतका विषयहरुमा उनिहरुलाई सक्षम वनाउने लक्ष्य रहेको छ।